राष्ट्रिय सभामा कांग्रेसका बहालवाला र नवनिर्वाचित सदस्यबीच अन्तरक्रिया

राष्ट्रिय सभामा कांग्रेसका बहालवाला र नवनिर्वाचित सदस्यबीच अन्तरक्रिया

काठमाडौं । नेपाली कांग्रेस का राष्ट्रिय सभाका बहालवाला तथा नवनिर्वाचित सदस्यहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

सिंहदरबार स्थित कांग्रेस संसदीय दलको कार्यालयमा अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रम आयोजना गरिएको हो। गत माघ ११ गते सम्पन्न निर्वाचनमा १८ जना नयाँ सांसद निर्वाचित भएका थिए।

५९ सदस्यीय राष्ट्रिय सभा मा एक तिहाइ सदस्यका लागि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुने व्यवस्था छ। सोही व्यवस्थाअनुसार यही फागुन २० गते १९ जना सांसदको कार्यकाल समाप्त भएको थियो।

रिक्त एक सिट भने सरकारको सिफारिसमा राष्ट्रपति बाट मनोनीत हुने प्रावधान रहेको छ।

माघ ११ मा भएको निर्वाचनमा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले)लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच तालमेल भएको थियो।