काठमाडाैं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान गरेका छन्।
उनी पत्नी राधिका शाक्यसहित भक्तपुर बालकोटस्थित महेन्द्र शान्ति विद्यालयमा मतदान केन्द्र पुगेर आफ्नो मत खसालेका हुन्। ओली झापा–५ क्षेत्रबाट उम्मेदवार बनेका छन्।