पशुपति वनकालीमा शिवतत्व र भक्ति चर्चा

पशुपति वनकालीमा शिवतत्व र भक्ति चर्चा

काठमाडौ । पशुपति वनकाली स्थित कृपालु आध्यात्मिक उद्यानमा शिवतत्व र भक्तिमार्ग विषयक अन्तर विद्यालयीय प्रवचन प्रतियोगिता हालै सम्पन्न भएको छ ।

पन्चम जगद्गुरु श्री कृपालु जी महाराजद्वारा संस्थापित वहु प्रतिष्ठित आध्यात्मिक संस्था श्री राधा माधव समिति नेपाल र राष्ट्रिय गुरुकुल शिक्षा परिषदको संयुक्त आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा काठमाडौ उपत्यका र आसपास तथा देवघाटका गरि २० विद्यार्थीहरुको सहभागिता थियो । प्रतियोगितामा देवघाटस्थित गार्गी कन्या गुरुकुलकी छात्रा रोशनी लामिछाने र सोही विद्यालयकी सुष्मा ढकाल द्वीतिय स्थान हासिल गरिन् भने नेपाल वेद विद्याश्रमका छात्रले तृतिय ,सिपा तीनघरे मा.वि. र कान्ति भैरव गुरुकुल विद्यालयका विद्यार्थीहरुले सान्त्वना पुरष्कार प्राप्त गरेका थिए ।

विजयीहरुलाई क्रमशः रु ११ हजार ,रु ८ हजार ,रु ५ हजार र रु ३ हजार राशीको नगद पुरष्कार प्रमुख अतिथि संस्कृतिविद डा. गोविन्द टण्डनले वितरण गर्नुभएको थियो । प्राचीन कालील वृहत शास्त्रार्थ भेला झल्काउने उक्त प्रतियोगितात्मक समारोहको सभापतित्व श्री राधा माधव समिति नेपाल सम्वध्द विद्वत समाज नेपालका संयोजक महेन्द्र बहादुर गुरुङ्गले गर्नु भएको थियो । कार्यक्रममा सह आयोजक राष्ट्रिय गुरुकुल शिक्षा परिष्दका केन्द्रीय अध्यक्ष प्रा. डा. श्रीराम अधिकारीले स्वागत मन्तव्य दिनुभएको थियो । उक्त कार्यक्रममा श्री राधा माधव समिति नेपालका कार्यवाहक अध्यक्ष श्री सुरेश प्रकाश आचार्य , प्रा.डा.प्रियम्वदा कौडिन्यानी ,सह प्राध्यापक जनार्दन शर्मा श्री रामास नेपाल सम्वध्द डिभाईन युथ क्लव नेपालका केन्द्रीय अध्यक्ष सुशिल जि.सि., गार्गी गुरुकुल आश्रमका प्रा.सावित्री टण्डन लगायतका वक्ताले मन्तव्य दिनुभएको थियो ।

श्री रामास नेपालका राजेन्द्र सिग्देलको संचालनमा रामास नेपालकै उमा थापा लगायत अन्य साधक तथा डिवाईसि नेपालका सदस्यहरुको सहजिकरणमा सम्पन्न उक्त कार्यक्रममा श्री रामास नेपालका साधक सहयोगी मुकुन्द अर्यालले शिव शक्ति र भक्ति विषयक कविता वाचन गरेका थिए । स्मरण रहोस, श्री राधा माधव सािति नेपालले विगत केही वर्ष यता कान्ती भैरव गुरुकुल विद्यालयसंगको सहकार्यमा आध्यात्मिक काव्य प्रतियोगिता आयोजना गर्दै आएकोमा यस वर्ष प्रवचन प्रतियोगिता आयोजना गरिएको हो ।

प्राचीन कालमा हुने वृहत शास्त्रार्थ भेला झल्काउने उक्त प्रवचन प्रतियोगितामा विद्यार्थीहरुको प्रस्तुतीका वखत उद्यान परिसरमा श्रोतागणमा सुई खसेको आवाज सुनिने अद्भुत मौनता छाएको थियो ,यस्तो प्रतीत हुन्थ्यो आशुतोष भगवान भोले बाबा ,परम आराध्य श्री राधाकृष्ण भगवान र वहांका परम भक्त श्री कृपालु महाप्रभु विद्यार्थीहरुको प्रस्तुती उत्शुकतापूर्वक श्रवण निम्ति समुपस्थित हुनुहुन्थ्यो ।