मतदानमा सहभागी हुन प्रधानमन्त्री सुशीला कार्कीको आग्रह

मतदानमा सहभागी हुन प्रधानमन्त्री सुशीला कार्कीको आग्रह

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले प्रतिनिधिसभा सदस्य निर्वाचनका अवसरमा सम्पूर्ण नागरिकलाई आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आग्रह गरेकी छन् ।

बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उनले भविष्य निर्माणका लागि अनिवार्य रूपमा मतदानमा सहभागी हुन सबै मतदातालाई आह्वान गरेकी हुन् ।

‘आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज फागुन २१ । अनिवार्य रूपमा मतदान केन्द्र पुगी आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न हार्दिक आग्रह गर्दछु,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।

प्रधानमन्त्री कार्कीले प्रत्येक मतले देशको भविष्य निर्धारणमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै शान्तिपूर्ण निर्वाचनका लागि नागरिकले देखाएको संयम र समझदारीप्रति आभार पनि व्यक्त गरेकी छन् ।