झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर १ मा मतदान गरेका छन् ।
पूर्व सांसदसमेत रहेका शर्माले मेचीनगर–९ स्थित कविशिरोमणि माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट बिहीबार बिहान साढे ७ बजे मतदान गरेका हुन् ।
मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले देशभर कांग्रेसको माहोल सकारात्मक रहेको दाबी गरे । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै उनले मतदातालाई उत्साहका साथ मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।





