

काठमाडाैं । मतगणना सुरु भएको २४ घण्टाभित्र प्रत्यक्षतर्फको मतपरिणाम प्रकाशित गर्ने तयारी गरिएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताएका छन् ।
निर्वाचन आयोगले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले जति सक्दो छिटो मतगणना सम्पन्न गर्ने गरी व्यवस्थापन मिलाइएको जानकारी दिए ।
“प्रत्यक्षतर्फ मतगणना सुरु भएको २४ घण्टाभित्र मतपरिणाम प्रकाशित गरिसक्नेछौँ,” उनले भने ।
उनका अनुसार प्रत्यक्षतर्फसँगै समानुपातिकतर्फको मतगणनासमेत एकसाथ अघि बढाइनेछ । समानुपातिकतर्फको मतपरिणाम पनि विगतको तुलनामा छिटो सार्वजनिक गर्ने लक्ष्य राखिएको उनले बताए ।