काठमाडौं । रामेछापमा भोलि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोप) बीच चुनावी तालमेलको सहमति भएको छ ।
दुवै दलबीच भएको सहमतिअनुसार प्रलोपाले प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै कांग्रेसका उम्मेदवारलाई समर्थन गर्नेछ । समानुपातिकतर्फ भने आ–आफ्नो पार्टीको चुनाव चिन्हमा मतदान गर्ने समझदारी गरिएको सहमति पत्रमा उल्लेख छ ।
सहमतिपछि प्रलोपाका उम्मेदवार विरेन्द्र श्रेष्ठले कांग्रेसका रामचन्द्र खड्कालाई सहयोग गर्नेछन् ।
रामेछापमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का माधव ढुंगेल, नेपाल कम्युनिष्ट पार्टीका श्यामकुमार श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका डा. कृष्णहरी बुढाथोकी तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का गोरे तामाङलगायत उम्मेदवार चुनावी मैदानमा छन् ।






