नयाँ नोटमा केरमेट गर्ने वा च्यात्ने नगर्नुहाेस्

नयाँ नोटमा केरमेट गर्ने वा च्यात्ने नगर्नुहाेस्

काठमाडौं, १ कार्तिक । दसैँको बेला नयाँ नोट तपाईंसंग छ होला तर नोटको जतन गर्न नभुल्नु होला । पैसामा केरमेट गर्ने, फोहोर गर्ने वा च्यात्ने नगर्नुहोला है ।नेपाल राष्ट्र बैँकले दसैँको बेलामा रुपैयाँमा अनावश्यक केरमेट नगर्न, नोट नच्यात्न सर्वसाधारणलाई आग्रह गरेको छ । दसैँको समयमा नयाँ नोट साट्ने र दसैँ सकिएलगत्तै नयाँ नोटलाई पुरानो बनाउने बानी नागरिकमा भएकाले त्यसो नगर्न र पैसाको जतन गर्न राष्ट्र बैँकले आग्रह गरेको हो ।

राष्ट्र बैँकले गत असोज २१ गतेबाट दसैँका लागि नयाँ नोट बाँडेको थियो । भदौबाट लागु भएको नयाँ मुलुकी ऐनमा पनि पैसामा केरमेट गरे, फोहोर गरे वा च्याते ५ हजार जरिवाना र तीन महिनासम्म कैद सजाय हुने व्यवस्था रहेको छ ।