फागुन पहिलो साता मात्रै नयाँ प्रधानमन्त्री

फागुन पहिलो साता मात्रै नयाँ प्रधानमन्त्री

काठमाडौं, १७ पुस ।  प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फको अन्तिम नतिजा आएको तीन साता बित्न लागे पनि समानुपातिकतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छैन ।

अनेक कानुनी संरचनामा अल्झिएको मतपरिणको पूर्वसर्त राष्ट्रियसभा निर्वाचनलाई मानिए पनि निर्वाचनको मितिसमेत तोकिएको छैन । लामो विवादपछि बल्लतल्ल राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश भने जारी भएको छ । अध्यादेश जारी भए पनि तत्काल निर्वाचन प्रक्रिया भने अगाडि नबढ्ने खबर गाेरखापत्र  दैनिकमा छ ।

निर्वाचन आयोगले पुस १३ गते १५ दिनको समय दिएर राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ । दल दर्ताको समयपछि मात्र निर्वाचन कार्यतालिका प्रकाशन हुनेछ । सरकारको तयारी र निर्वाचन आयोगले जारी राखेको प्रक्रियाअनुसार कम्तीमा पनि राष्ट्रियसभा निर्वाचनको परिणाम प्राप्त नहुँदासम्म नयाँ प्रधामन्त्री चयन प्रक्रिया अगाडि बढ्ने अवस्था छैन ।

यो समयसीमाअनुसार छिटोमा फागुनको पहिलो साता नयाँ प्रधानमन्त्री सिंहदरबार पुग्ने सम्भावना छ ।