मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
जमिन किन्न खोज्दै हुनुहुन्छ भने पाउने योग बनेको छ । छिमेक तिर वा टोल तिर अलि राम्रो भएको देख्न सकिएला । जीवनशैलीमा परिवर्तन आउन सक्छ । अर्थात् दैनिकी कामहरु बढेर आउने हुन्छ । जागिरदारहरुको लागि राम्रो काममा खट्न सकिनेछ । सहज होस् या गाह्रो होस् त्यो छुट्टै कुरा हो । रोकिएका काम बनाउन सकिनेछ । परिस्थितिवश चिताएको काम विलम्ब हुनेछ । कामको अलमल हुनेछ । रोजगारीबाट जिम्मेवारी बढेर आउने । आजको दिन सास्कृतिक रुपमा महत्त्वपूर्ण हुने छ । तपाइको रासी मेस हो जुन मंगल ग्रहको रासी हो । त्यसैले मंगल ग्रहको मन्त्र धरणीगर्भसंभूतं विद्युत्कान्तिसमप्रभम् । कुमारं शक्तिहस्तं च मङ्गलं प्रणमाम्यहम् ॥ जप्दा राम्रो हुने गर्दछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
भाइ बहिनिहरुसँग पुर्नमिलन हुने जस्तो देखिन्छ । ठुलो ठुलो काममा भन्दा सानोमा मन होला । रोकिएका काम केहि भएपनि बनाउन सकिनेछ । काम रोकिनाले मन खिन्न हुनेछ तर चिन्ता नगर्नु होला फेरी सुचारु हुनेछ । हजुर बुवा –हजुर आमा आदि केहि समय बाहिर जालान । धर्म कर्म, दान पुन्य गर्न सकिएला । उच्च शिक्षाको लागि तयारी गर्न सकिएला । बक्सिङ्ग, फुटबल, तेबलटेनिस, आदि खेलहरुमा रुची भइ आउला । आफुले एक पटक साथ दिएको व्यक्तिको उन्नति आदि देखि खुसि हुन पाउला । तपाइको रासी बृष हो जुन शुक्र ग्रहको रासी हो त्यसैले शुक्र ग्रहको मन्त्र हिमकुन्दमृणालाभं दैत्यानां परमं गुरुम् । सर्वशास्त्रप्रवक्तारं भार्गवं प्रणमाम्यहम् ॥ जप्दा राम्रो हुने गर्दछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
भान्छा मा काम धेरै बढेर जाला । मिठो मिठो खाना मन होला । ब्यापारीहरुको लागि राम्रो छ । बैक आदिको काम गर्नु पर्ला । व्यवसायको सन्दर्भमा सुभ देखिन्छ । अनुकुल स्थिति आउन सक्ने हुन्छ । कृषिकर्म आदि काममा मनग्गे लाभ हुनेछ । व्यावसायिक काममा मनग्गे लाभ हुनेछ । व्यापार लगायत अनि क्षेत्रमा राम्रो देखिन्छ । कर्जा लिनुपर्ने हुन सक्छ । तपाइको रासी मिथुन हो जुन बुध ग्रहको रासी हो त्यसैले बुध ग्रहको मन्त्र प्रियङ्गुकलिकाश्यामं रूपेणाप्रतिमं बुधम् । सौम्यं सौम्यगुणोपेतं तं बुधं प्रणमाम्यहम् ॥ जप्दा राम्रो हुने गर्दछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
तन्दुरुस्तता आउनेछ । फुर्ति र चुस्ती आउनेछ । धननै सब थोक होइन शान्ति पनि चाहिने भन्ने बिचार आउने । काम बिग्रन सक्छ तर होस् गरे नबिग्रेला वा कम मात्र बिग्रेला । अरूको मुख नताक्नु होला किनकि साथ दिन्छु भन्नेले कुरा फेर्न सक्छ वा काम कुरा अलि ढिलो गरिदिन सक्छ । व्यक्तिगत समय पाउन अलि गाह्रो होला, कोहि न कोहि मान्छे आइरहने हुदा । भबिष्यमा कुनै व्यवसाय तिर जाने आदि बारे कुराकानी बन्ला । गौरव गर्ने वा घमण्ड गर्ने रहर होला । अरूलाई प्रभावित पर्न मन हुनेछ वा अरु त्यति कै प्रभावित हुनेछन । तपाइको रासी कर्कट हो जुन चन्द्रमाको रासी हो त्यसैले चन्द्रमाको मन्त्र दधिशङ्खतुषाराभं क्षीरोदार्णवसंभवम् । नमामि शशिनं सोमं शम्भोर्मुकुटभूषणम् ॥ जप्दा राम्रो हुने गर्दछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कहाँ जाउ कहाँ जाउ आदि हुने सक्छ । अपरिचित जनको सहयोग जुट्नाले उत्साह मिल्नेछ । पशुपालन तथा कृषि क्षेत्रमा दौडधुप अलि होला । बिस्तारै बिस्तारै मात्र चुनौतीहरु पन्छाउँदै अघि बढ्न सकिनेछ । हरेस नखानु होला । रोगलाइ दबाउन अलि गाह्रो होला । बिरामी भए बिस्तारै मात्र ठिक होला । फाइदा फाइदा भन्दै पछि त्यतिकै त्यो पैसा नसकाउनु होला । रोजगारको खोजिमा रहेको जनलाई नया काम फेला पर्न सम्भावना बढेको छ । केही चुनौती जस्तो देखिए पनि मनमा भएजति पुरा गर्न नसक्ने नहोला वा त्यति गाह्रो हुने छैन । तपाइको रासी सिंह हो जुन भगवान सुर्यको रासी हो त्यसैले सुर्यको मन्त्र जपाकुसुमसंकाशं काश्यपेयं महद्युतिम् । तमोऽरिं सर्वपापघ्नं प्रणतोऽस्मि दिवाकरम् ॥ जप्दा राम्रो हुने गर्दछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
देशको जिल्ला जिल्लाको भ्रमण गर्ने मौका मिल्न सक्छ । आफ्नो नातेदार आदि संग जमघट वा भेटघात हुनेछ । सृजनात्मक लगनशीलता बढ्नेछ । सफलता दिलाउनेछ । छोरा छोरीहरुले भनेको काम कुरा मान्न अटेर गर्न सक्छन, सम्झाई बुझाई काम आदि अराउनु होला । बिद्द्यार्थीहरुको लागि पढाई लेखाइमा जोड लगाएर पढ्नु पर्ने समय आएको छ । मनोरञ्जनको समय छ, रमाइलो गर्न पाइएला । धन संचयहरु वृद्धि हुनेछ । यठेस्थ धन आफुसँग भएर आउला । तपाइको रासी कन्या हो जुन बुध ग्रहको रासी हो त्यसैले बुध ग्रहको मन्त्र प्रियङ्गुकलिकाश्यामं रूपेणाप्रतिमं बुधम् । सौम्यं सौम्यगुणोपेतं तं बुधं प्रणमाम्यहम् ॥ जप्दा राम्रो हुने गर्दछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मेहनत गर्दा मात्र अलि बढी सफल होला । व्यावहारिक अलमलले काममा बाधा ल्याउला । वाहन, मोटर, कार आदि किन्ने जस्तो कुरो आउन सक्ला । आँटेको काममा अलि ढिलाई होला । अरूको मुख नताक्नु होला । प्रतिकुल स्थिति आउन सक्ने हुन्छ । अरुले त्यतिकै फसाउन सक्छन् । रमाइलो जमघट हुने जस्तो बातावरण देखिन्छ तर सबैमा सामेल आदि हुन नपाउन सक्ला । पराक्रमद्वारा असाद्द्य कामहरु पनि बन्ला । बिबिद संघ संस्थामा जान आउन पाउला । तपाइको रासी तुला हो जुन शुक्र ग्रहको रासी हो त्यसैले त्यसैले शुक्र ग्रहको मन्त्र हिमकुन्दमृणालाभं दैत्यानां परमं गुरुम् । सर्वशास्त्रप्रवक्तारं भार्गवं प्रणमाम्यहम् ॥ जप्दा राम्रो हुने गर्दछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नो काम आफुले भन्दा पनि अरुलाइ गराउनु पर्ने होला वा आफु भन्दा अरुमा बढि आसक्त हुनु पर्ला । छुट्टै फुर्ति र चुस्ती आउला । छोरा नाति आदिसंग छिट्टै भेटने कुरा आदि होलान । सहयोग र सम्मान गर्नेहरू भेटिनेछन् । नयाँ काममा हात हाल्ने समय छ । रोकिएका काम बनाउन सकिनेछ । मनोरञ्जनको समय छ, हिम्मत आदि बढ्ने छ, सबैलाई सहयोग गर्ने प्रयास गर्नु हुनेछ, कोहि कोहीलाई हेर्न छुट्ने छ । अलि बढि शक्ति जुटाउनु पर्नेछ किनकि आजको दिन महत्त्वपूर्ण हुने छ । तपाइको रासी बृश्चिक हो जुन मंगल ग्रहको रासी हो । मंगल ग्रहको मन्त्र धरणीगर्भसंभूतं विद्युत्कान्तिसमप्रभम् । कुमारं शक्तिहस्तं च मङ्गलं प्रणमाम्यहम् ॥ जप्दा राम्रो हुने गर्दछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफ्नो सर सामान वाहन आदिको ध्यान दिनु होला किन कि मर्मत आदि गर्ने समय आएको छ । मिलि काम गर्ने मान्छेहरुबाट धन पाउनेछ । गृहिणीको लागि आजको दिन धेरै काम हुने छ । मेहनत गर्दा काम बन्न सक्छ । कामको प्रतिफल छिट्टै मिल्ला आज भोलि मिल्ला जस्तो देखिन्न वा धेरै कम मात्र सम्भावना छ । मेहनतले आम्दानी बढाउनेछ । श्रम गर्नु परे पनि श्रमको मूल्यांकन होला । तपाइको रासी धनु हो जुन बृहस्पति ग्रहको रासी हो त्यसैले बृहस्पति ग्रहको मन्त्र देवानां च ऋषीणां च गुरुं काञ्चनसंनिभम् । बुद्धिभूतं त्रिलोकेशं तं नमामि बृहस्पतिम् ॥ जप्दा राम्रो हुने गर्दछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आत्म सन्तुस्ट हुनु भन्दा अरूलाई प्रभावित पार्न मन हुनेछ । लगनशील भएर कुनै काम कुरामा लाग्न सक्ने छ जसले सफलता दिलाउनेछ । केही चुनौती देखिए पनि मनमा भएजति पुरा गर्न नसक्ने नहोला । कमजोरी सुधार्दै अघि बढ्दै जानु पर्नेछ । यदि नसुधारे आँफैलाई गाह्रो होला । कार्यक्रम आयोजना आदिको कुनै छलफल आदि गर्न जानु पर्ने जस्तो होला । नसोचेको मान्छेसँग भेट होला । आफन्त परिजनको सम्झना आउला । व्यतिको प्रभाव अलि फिका हुँदा सबलाई प्रभाव पार्न अलि मेहनत गर्नु पर्नेछ । अरुको सहयोगबाट यसरि अघि जानु भनि बुद्धि निकाल्न सजिलो होला । तपाइको रासी मकर हो जुन सनी ग्रहको रासी हो त्यसैले सनी ग्रहको मन्त्र नीलांजनसमाभासं रविपुत्रं यमाग्रजम् । यामार्तण्डसंभूतं तं नमामि शनैश्चरम् ॥ जप्दा राम्रो हुने गर्दछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आइपरेको चुनौतीहरुमा सबैको साथ पाईनाले पन्छाउँदै अघि बढ्न सकिनेछ । मिलनसार मान्छेहरु संग भेट होला । यदि सम्मानले अरु सामु पेस आए गाह्रो काम सजिलो होला । नभए सजिलो काम पनि गाह्रो होला । व्यवसायको सन्दर्भमा सुभ–असुभ, लाभ–हानि दूबै देखिन्छ । कृषिकर्म आदि काममा मनग्गे लाभ हुन सक्छ त्यसैले किसान बर्गहरुको लागि राम्रो हुने सम्भावना छ । बिद्द्यार्थीहरुको लागि पढाई लेखाइमा लाभ होला । मठ मन्दिर जान पाइएला वा जान पाउने कुरा होला । धेरै विद्युतीय उपकरण चलाउनुपर्ने काम आउला । तपाइको रासी कुम्भ हो जुन सनी ग्रहको रासी हो त्यसैले सनी ग्रहको मन्त्र नीलांजनसमाभासं रविपुत्रं यमाग्रजम् । छायामार्तण्डसंभूतं तं नमामि शनैश्चरम् ॥ जप्दा राम्रो हुने गर्दछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पेट आदिको रोग भएअलि सन्चो होला । धेरै इन्टरनेट चलाउनु पर्ने काम आउला । मान्छेहरुले आफुलाई दिनु पर्ने पैसा आफै दिन प्रयास गर्नेछन । तत्काल सामान्य फाइदा पछि घाटा हुन सक्ला । पारिवारिक माहोल आएर काम तिर ध्यान दिन अलि नसकिएला । अलि सावधान नभए आफुले सोचेको भन्दा प्रतिकुल स्थिति आउन सक्ने हुन्छ । मनोरञ्जनको समय छ, रमाइलो गर्न पाइएला, त्यसमा हल्का अबरोध भने आउला । धर्म कर्म गर्न सकिएला । भाइ बहिनीहरु प्रतिको जिम्मेवारी निभाउन सकिएला । तपाइको रासी मिन हो जुन बृहस्पति ग्रहको रासी हो त्यसैले बृहस्पति ग्रहको मन्त्र देवानां च ऋषीणां च गुरुं काञ्चनसंनिभम् ।
बुद्धिभूतं त्रिलोकेशं तं नमामि बृहस्पतिम् ॥ जप्दा राम्रो हुने गर्दछ ।
युवा ज्योतिष सुजल श्रेष्ठ
ज्योतिष परामर्श केन्द्र पाटन दरबार, (भीमसेन मन्दिरको ४ घर उत्तर दिशा) ललितपुर,नेपाल ।
सम्पर्क फोन नं. ०१ – ५५४२९५८, मोबाईल ९८४१७६३५५९ ।