रास्वपा नवलपरासी सभापति ठकुरी नेपाली कांग्रेसमा प्रवेश

रास्वपा नवलपरासी सभापति ठकुरी नेपाली कांग्रेसमा प्रवेश

काठमाडौं । नवलपरासीका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले ठकुरीलाई पार्टी प्रवेश गराउँदै खादामाला लगाएर स्वागत गरेका थिए। नवलपरासी बर्दघाटको चौपतामा आयोजित चुनावी सभाका क्रममा ठकुरी कांग्रेसमा प्रवेश गरेका हुन्।

कार्यक्रममा बोल्दै उनले “कागजी बाघ रास्वपा छोडेर असली बाघ कांग्रेस रोजेको” टिप्पणी गरेका थिए।