७५ जिल्लामा पुग्यो मतपत्रसहित निर्वाचन सामग्री

७५ जिल्लामा पुग्यो मतपत्रसहित निर्वाचन सामग्री

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७५ जिल्लामा मतपत्रसहित निर्वाचन सामग्री पुर्‍याइएको छ।

निर्वाचन आयोग नेपालका अनुसार काठमाडौँ र भक्तपुरबाहेक सबै जिल्लामा आवश्यक सामग्री पठाइसकिएको छ। आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले ‘पहिलो हुने निर्वाचित हुने’ (प्रत्यक्ष) र ‘समानुपातिक निर्वाचन प्रणाली’ दुवैतर्फका मतपत्र सम्बन्धित जिल्लामा पुर्‍याइएको जानकारी दिए।

काठमाडौँ र भक्तपुरका निर्वाचन कार्यालयमा भने बिहीबारसम्म निर्वाचन सामग्री र मतपत्र पुर्‍याइने आयोगले जनाएको छ।