

काठमाडौं । सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
यसअघि निर्वाचन आयोग नेपाल ले पनि प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राख्दै मतदानमा सहज सहभागिताका लागि सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको थियो।
सरकारको उक्त निर्णयसँगै मतदातालाई मतदानका लागि आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ।