कर्फ्यु जारी भएपछि रौतहट जिल्ला अदालतको आजका सबै कामकारबाही स्थगित

कर्फ्यु जारी भएपछि रौतहट जिल्ला अदालतको आजका सबै कामकारबाही स्थगित

काठमाडौँ । रौतहट जिल्ला अदालतले आज आइतबार हुने सम्पूर्ण कामकारबाही स्थगित गरिएको जनाएको छ।

जिल्ला प्रशासन कार्यालय रौतहट ले गौर नगरपालिका क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु जारी गरेपछि अदालतको सेवा प्रभावित भएको हो। कर्फ्यु आदेशअनुसार उक्त क्षेत्रमा कुनै व्यक्ति आवतजावत गर्न, भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न निषेध गरिएको छ।

अदालतले सूचना जारी गर्दै आजका लागि निर्धारित सम्पूर्ण सेवा स्थगित रहने र तारिख तथा म्यादसमेत नगुज्रिने जानकारी दिएको छ।

फागुन ७ गतेदेखि भड्किएको हिंसापछि गौर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी रहँदा सरकारी सेवा प्रभावित बनेका छन्।