आजदेखि काठमाडौँमा सुरक्षा निकायबाट निःशुल्क बस सेवा

आजदेखि काठमाडौँमा सुरक्षा निकायबाट निःशुल्क बस सेवा

काठमाडौँ, ३१ असोज । दसैँको मुख्य दिन नजिकिएसँगै काठमाडौँ उपत्यकामा मानिसको चहलपहल घटेको छ । सार्वजनिक सवारीका साधन पनि पातलिएका छन् ।

दशैंको अवसरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले राजधानीका विभिन्न रुटमा आजदेखि निःशुल्क बस सञ्चालन गर्ने भएका छन् । दशैंमा राजधानीमा सवारी साधन अत्याधिक न्यून चल्ने भएकाले यात्रुको सुविधालाई मध्यनगर राख्दै बस सञ्चालन गर्न लागिएको तीव वटै सुरक्षा निकायले जानकारी दिएका छन । नेपाली सेनाले विजयादशमीका दिन सर्वसाधारण यात्रुलाई सुविधा दिने उद्देश्यले काठमाडौँ उपत्यकाभित्र आठ मार्गमा निःशुल्क बस चलाउने निर्णय गरेको छ ।
नेपाल प्रहरीले नागरिकको सहजताका लागि आज तथा कात्तिक १ र २ गते निःशुल्क बस सेवा सञ्चालन गर्नेछ । प्रहरी प्रधान कार्यालय नक्साललाई केन्द्रबिन्दु बनाएर ती रुटमा बस सञ्चालित हुनेछन् । सशस्त्र प्रहरीले दशैंको अवसरमा काठमाडौं उपत्यकामा ४ वटा बस निःशुल्क रुपमा संचालन गर्ने भएको छ । सशस्त्र प्रहरी बल हल्चोकका अनुसार निःशुल्क बस सेवाको एउटा रुट कलंकीबाट छुटेर कालिमाटी, त्रिपुरेश्वर, माइतीघर, हुदै सुर्यविनायक पुगेर फर्कने छ ।