१२ वर्षपछि टी–२० विश्वकपमा नेपाली ब्याटरको अर्धशतक

१२ वर्षपछि टी–२० विश्वकपमा नेपाली ब्याटरको अर्धशतक

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा १२ वर्षपछि नेपाली टिमका ब्याटरले अर्धशतक बनाएका छन्। नेपालका अलराउन्डर दीपेन्द्र सिंह ऐरी ले वेस्ट इन्डिजविरुद्ध अर्धशतक प्रहार गर्दै यो उपलब्धि हासिल गरेका हुन्। यसअघि नेपाली टोलीबाट सन् २०१४ को संस्करणमा सुवास खकुरेल ले अर्धशतक बनाएका थिए।

आइतबार भारतको मुम्बईस्थित वान्खेडे क्रिकेट रंगशाला मा टस हारेर ब्याटिङमा आएको नेपालका ऐरीले १८.४ ओभरमा ५० रन पूरा गरेका हुन्। अर्धशतक पूरा गर्ने क्रममा उनले ४४ बलमा तीन चौका र दुई छक्का प्रहार गरे।