आईसीसी टी-२० विश्वकप: इटलीविरुद्धको खेलका लागि मुम्बईमा नेपाली समर्थकहरूको उत्साह

आईसीसी टी-२० विश्वकप: इटलीविरुद्धको खेलका लागि मुम्बईमा नेपाली समर्थकहरूको उत्साह

मुम्बई । आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले आज इटलीविरुद्ध प्रतिस्पर्धा गर्दैछ।

दिउँसो ३:१५ बजेबाट मुम्बईस्थित वाङ्खेडे स्टेडियममा सुरु हुने खेलका लागि नेपाली समर्थकहरू रंगशाला बाहिर भेला हुन थालेका छन्। नेपालका झण्डा र जर्सीमा सजिएका समर्थकहरूले मैदान वरिपरि उत्साहपूर्ण माहोल सिर्जना गरेका छन्।

इंग्ल्यान्डविरुद्धको पहिलो खेलमा पनि उल्लेख्य संख्यामा नेपाली दर्शक उपस्थित भएका थिए। आजको खेलका लागि भारतका विभिन्न सहरमा बसोबास गर्ने नेपाली समुदायसँगै नेपालबाट समेत समर्थकहरू मुम्बई पुगेका छन्।

सुपर–८ को सम्भावना कायम राख्न नेपालका लागि आजको खेल महत्वपूर्ण रहेकाले समर्थकहरू जितको आशासहित टोलीलाई हौसला दिन मैदान पुगेका छन्।