कञ्चनपुर कांग्रेसको निर्देशन—विपक्षी उम्मेदवारको पक्षमा पोस्ट, लाइक वा कमेन्ट नगर्नू

कञ्चनपुर कांग्रेसको निर्देशन—विपक्षी उम्मेदवारको पक्षमा पोस्ट, लाइक वा कमेन्ट नगर्नू

काठमाडौँ । नेपाली कांग्रेस कञ्चनपुरले सामाजिक सञ्जालमा विपक्षी दलका उम्मेदवारको पक्षपोषण हुने गरी अभिव्यक्ति नदिन नेता तथा कार्यकर्तालाई कडा निर्देशन दिएको छ।

बुधबार सचिव भीम भट्टद्वारा जारी विज्ञप्तिमा पार्टीका आधिकारिक उम्मेदवारबाहेक अन्य दलका उम्मेदवारको समर्थन हुने किसिमका कुनै पनि अभिव्यक्ति नदिन भनिएको छ। साथै सामाजिक सञ्जालमा पोस्ट, कमेन्ट, लाइक वा प्रचार–प्रसारजन्य गतिविधि नगर्न आग्रह गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “पार्टीका उम्मेदवारहरू बाहेकका अन्य उम्मेदवारहरूको पक्षपोषण हुने गरी कुनै किसिमका अभिव्यक्ति नदिन, सामाजिक सञ्जालमा पोस्ट, कमेन्ट र लाइक तथा कुनै पनि प्रचार–प्रसारजस्ता कार्यहरू नगर्न निर्देशानुसार अनुरोध गरिन्छ।”

कांग्रेस कञ्चनपुरले नेता तथा कार्यकर्तालाई उम्मेदवारको पछि लागेर हिँड्नेभन्दा आफ्नै वडामा केन्द्रित भएर सक्रिय हुन पनि निर्देशन दिएको छ। टोल तथा वडास्तरमा स्थानीयबासीसँग छलफल, विचार आदान–प्रदान र सहजीकरणका कार्यलाई प्राथमिकता दिन आग्रह गरिएको छ।

आवश्यक परेमा अन्य वडामा जानुअघि सम्बन्धित पार्टी सचिवालयलाई जानकारी गराउन पनि भनिएको छ। उम्मेदवारको पछि–पछि लाग्ने परम्पराले स्थानीय तहमा समन्वय र संवादमा असहजता सिर्जना गर्न सक्ने भए