काठमाडौं । आईसीसी टी–२० विश्वकपअन्तर्गत इंग्ल्यान्डविरुद्धको खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिले बलिङ गर्ने भएको छ।
मुम्बईस्थित वानखेडे स्टेडियममा जारी खेलमा इंग्ल्यान्डले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो।
यो खेल नेपाल र इंग्ल्यान्डबीचको पहिलो ऐतिहासिक भेट हो। विश्वकपमा पहिलोपटक आमनेसामने हुन लागेका दुवै टोलीबीचको प्रतिस्पर्धालाई लिएर क्रिकेटप्रेमीहरू उत्साहित छन्।





