कलाकार सुनिल थापालाई चलचित्र विकास बोर्डमा अन्तिम श्रद्धाञ्जली

कलाकार सुनिल थापालाई चलचित्र विकास बोर्डमा अन्तिम श्रद्धाञ्जली

काठमाडौं । दिवंगत कलाकार सुनिल थापाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा राखिएको छ।

आइतबार बिहानैदेखि कलाकार, नागरिक अगुवा, विभिन्न राजनीतिक दलका नेता तथा सर्वसाधारण श्रद्धाञ्जली अर्पण गर्न चलचित्र विकास बोर्ड पुगेका छन्। थापाको शनिबार बिहान उपचारका क्रममा निधन भएको थियो।

आजै उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ। त्यसअघि चलचित्र विकास बोर्ड परिसरबाट शवयात्रा निकालिने जनाइएको छ।