नेपाली बजारमा सुनको मूल्य फेरि उकालो, प्रतितोला ९ हजार ५ सयले वृद्धि

नेपाली बजारमा सुनको मूल्य फेरि उकालो, प्रतितोला ९ हजार ५ सयले वृद्धि

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ उल्लेख्य रूपमा बढेको छ। गएको साता लगातार घटेको सुनको मूल्य आज प्रतितोला ९ हजार ५ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ५ सय रुपैयाँ कायम भएको छ।

यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो भने बिहीबार २ लाख ९५ हजार २ सय रुपैयाँ थियो। गएको साता बिहीबार सुन तोलामा ९ हजार ५ सय र शुक्रबार थप ४ हजार २ सय रुपैयाँले घटेको थियो।

यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला ३ सय रुपैयाँले बढेर ५ हजार १० रुपैयाँ पुगेको छ।

शुक्रबार चाँदी प्रतितोला ४ हजार ७ सय १० रुपैयाँमा कारोबार भएको थियो भने बिहीबार यसको मूल्य ४ हजार ९ सय ८० रुपैयाँ रहेको थियो।