वरिष्ठ कलाकार सुनिल थापाको निधन

वरिष्ठ कलाकार सुनिल थापाको निधन

काठमाडौँ। वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ। हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिएका छन्।

शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली तथा भारतीय चलचित्र उद्योगमा सक्रिय रहँदै आएका थिए। विभिन्न चर्चित चलचित्रमार्फत उनले अभिनय क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए।

उनको निधनले नेपाली चलचित्र क्षेत्रले एक अनुभवी र सम्मानित कलाकार गुमाएको कलाकार संघले जनाएको छ।