पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु र हिमाली क्षेत्रमा हल्का वर्षा–हिमपातको सम्भावना

पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु र हिमाली क्षेत्रमा हल्का वर्षा–हिमपातको सम्भावना

काठमाडौँ। नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल तराईका केही स्थानमा हुस्सु लागेको छ भने कोशी प्रदेशसहित देशका हिमाली तथा उच्च पहाडी भूभागमा आंशिक बदली रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु–कुहिरो रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भूभागमा सामान्य बदली रहने र बाँकी भूभागमा आंशिक बदली देखिने अनुमान गरिएको छ। साथै, कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

आज राति पनि तराईका थोरै स्थानमा हुस्सु रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ।