पूजा महतोको कप्तानीमा एसिया कप राइजिङ स्टार्स खेल्दै नेपाल

पूजा महतोको कप्तानीमा एसिया कप राइजिङ स्टार्स खेल्दै नेपाल

काठमाडौँ । नेपालले पूजा महतोको कप्तानीमा एसिसी एसिया कप राइजिङ स्टार्स प्रतियोगिता खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान इन्दु बर्मा घाइते भएपछि उपकप्तान पूजा महतोलाई कप्तानीको जिम्मेवारी दिएको हो। क्यानले पूजाको नेतृत्वमा प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरेको छ।

थाइल्यान्डमा आयोजना हुने उक्त प्रतियोगितामा नेपालले फेब्रुअरी १३ मा पाकिस्तान ‘ए’, फेब्रुअरी १५ मा युएई र फेब्रुअरी १७ मा भारत ‘ए’सँग प्रतिस्पर्धा गर्नेछ।