बंगलादेशमा १९ जनालाई मृत्युदण्ड

बंगलादेशमा १९ जनालाई मृत्युदण्ड

बंगलादेशको एक अदालतले सन् २००४ मा वर्तमान प्रधानमन्त्री शेख हसिनामाथि लक्षित एक आक्रमणका दोषी ठहरिएका १९ जनामाथि मृत्युदण्ड दिनेगरी फैसला गरेको छ । तत्कालीन विपक्षी दलकी नेतृ शेख हसिनाको ढाकामा आयोजित र्यालीमा ग्रिनेड आक्रमण गरिएको थियो । आक्रमणबाट शेख हसिना घाइते हुनुका साथै २० जना मारिएका थिए । याे खबर अाजकाे कान्तिपुर दैनिकबाट लिएका हाैँ ।

तत्कालीन प्रधानमन्त्री खालेदा जियाका छोरा तारिक रहमान समेतका ४९ जना विरुद्ध उक्त आक्रमणको आरोप लागेको थियो । रहमानमाथि आक्रमणको योजना बनाएको आरोपमा मुद्दा चलेको छ ।

५० वर्षीय रहमान भने सन् २००८ मा देश छाडेर बेलायतको लन्डनमा निर्वासित जीवन व्यतित गरिरहेका छन् । भ्रष्टाचारको आरोपमा गत फेब्रुअरीमा पाँच वर्षका लागि खालेदा जिया जेलमा थुनिएपछि निर्वासनबाटै रहमानले प्रमुख प्रतिपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी बीएनपीको नेतृत्व गरिरहेका छन् ।

हामी फैसलाका लागि भगवानलाई धन्यवाद दिन्छौँ, कडा सुरक्षाबीच सरकारी वकील मोसाराफ होस्सैनले बताए । हाम्रो आशा छ तारिक रहमानले पनि मृत्युदण्ड पाउने छन् ।