देउवा पक्षले निर्वाचन कार्यतालिका स्थगनको माग गर्दै आयोगमा दर्ता गर्यो निवेदन

देउवा पक्षले निर्वाचन कार्यतालिका स्थगनको माग गर्दै आयोगमा दर्ता गर्यो निवेदन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षले पार्टीको आधिकारिकता सम्बन्धी विवाद अदालतबाट टुंगो नलागेसम्म प्रतिनिधिसभा सदस्यको उम्मेदवार मनोनयन र सम्बन्धित सबै निर्वाचन कार्यतालिका स्थगन गर्न निर्वाचन आयोगमा निवेदन दर्ता गरेको छ।

मुख्य सचिव कृष्ण प्रसाद पौडेलले उक्त निवेदन निर्वाचन आयोगमा पेश गरेका हुन्।