काठमाडौं । ओम डेभलपमेण्ट बैङ्क लिमिटेडले १० बराबर ३ (१०ः३) अनुपातमा असोज २३ गतेदेखि कात्तिक २६ गतेसम्म हकप्रद शेयर निष्कासन गर्दैछ । बैङ्कको शेयरधनीका लागि प्रति शेयर एक सय अङ्कित दरको ४९ लाख ३१ हजार ८ सय ३५ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । दोस्रो बजारमा बुधवार रू. ३ सय ११ मा कारोबार भइरहेको बैङ्कको हकप्रद शेयर प्रतिकित्ता रू. १ सय अङ्कित दरमा खरीद गर्न पाइने छ ।
बैङ्कको भदौ २९ गतेसम्म शेयर किन्ने वा शेयर स्वामित्व हुने शेयरधनीहरुले हकप्रद शेयर खरीदको लागि आवेदन दिन सक्नेछन् । हकप्रद शेयर खरीदका लागि कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड र ओम डेभलपमेण्ट बैङ्कको केन्द्रिय कार्यालय र पोखरा तथा सम्पूर्ण शाखामा आवेदन दिन सकिन्छ ।
हकप्रद शेयर निष्कासन बाँडफाँट पछि बैङ्कको चुक्तापूँजी रू. २ अर्ब १३ करोड ७१ लाख २८ हजार ३ सय पुग्नेछ । बैङ्कले चौथो त्रैमासमा रू. ४३ करोड ३४ लाख नाफा कमाएको छ ।