उपत्यकाका तीन प्रहरी वृत्त प्रमुख फेरिए, वौद्धमा चन्द

उपत्यकाका तीन प्रहरी वृत्त प्रमुख फेरिए, वौद्धमा चन्द

काठमाडौं, २३ असाेज । प्रहरी प्रधान कार्यालयले उपत्यकाका तीनवटा प्रहरी वृत्तका प्रमुख हेरफेर गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धमा महानगरीय प्रहरी परिसर ललितपुरका डीएसपी नरेन्द्र चन्दलाई खटाइएको छ । त्यसैगरी, महानगरीय प्रहरी वृत्त सातदोबाटोमा डीएसपी गौतम मिश्रलाई पठाइएको छ । सातदोबाटोका डीएसपी विनोद सिलवाललाई प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा सरुवा गरी उनको ठाउँमा मिश्रलाई ल्याइएको हो । याे खबर अाजकाे राजधानी दैनिकबाट लिएका हाैँ ।

यसैगरी, महानगरीय प्रहरी वृत्त थानकोटमा डीएसपी कुमारविक्रम थापालाई पठाइएको छ । थानकोट वृत्तका डीएसपी नवरत्न पौडेल संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जाने भएपछि उनको ठाउँमा थापालाई पठाइएको हो । प्रहरीको प्रत्यक्ष संलग्नता देखिने घटना बढ्दै गएपछि प्रधान कार्यालयले उपत्यकाका तीन वृत्तका प्रमुखको जिम्मेवारी हेरफेर गरेको खबर छ ।