नेपालमा अहिलेसम्मकै ठुलो चंगा, पिनाकल स्कुलका विद्यार्थीको अद्भुत कला

नेपालमा अहिलेसम्मकै ठुलो चंगा, पिनाकल स्कुलका विद्यार्थीको अद्भुत कला

नेपालमा बेलाबखत विभिन्न प्रदर्शनी र कार्यक्रमहरु हुने गर्दछ | यहि अनुरुप काठमाडौँको कलंकीमा अवस्थित पिनाकल स्कुलले आज चंगा प्रदर्शनीको आयोजना गरेको छ | उक्त कार्यक्रमलाई पुर्व खेलकुद मन्त्री पुष्कर राज पौडेलले उदघाटन गरेका थिए | उक्त प्रदर्शनीमा पिनाकल स्कुलकै विद्यार्थीले नेपालमा अहिले सम्मकै सबैभन्दा ठुलो चंगाको निर्माण गरेका छन् | उक्त चंगाको उचाई २० फिट, चौडाई १८ फिट र चंगाको पुच्छरको लम्बाई ७ फिट रहेको छ |

यो चंगा अहिले सम्मकै नेपालमा बनेको सबैभन्दा ठुलो चंगा हो | उक्त चंगामा नेपालको झन्डामा अंकित चन्द्र र सुर्यको छाप पनि रहेको छ | अब यदि कसैले यो चंगाको रेकर्ड तोड्ने हो भने उक्त ब्यक्तिले यस चंगाको उचाई २० फिट भन्दा धेरै बनाउनु पर्ने छ र चंगाको पुच्छरको लम्बाई पनि ७ फिट भन्दा धेरै बनाउनु पर्ने छ | तर कसैले चंगाको पुच्छरको लम्बाई ७ फिट भन्दा धेरै बनाई चंगाको उचाई भने २० फिट भन्दा कम बनाएमा त्यो मान्य हुने छैन | यसको अर्थ पुच्छरलाई नजोडीकन चंगाको उचाई मात्र २० फिट भन्दा माथि हुनु पर्ने छ भने पुच्छरको लम्बाई छुट्टै ७ फिट भन्दा धेरै हुनुपर्ने छ | यस अनुसारले मात्र यस चंगाको रेकर्ड तोड्न सकिने छ |

उक्त चंगा प्रदर्शनीमा ठुलो चंगा संगै ३०० भन्दा बढी अरु स-साना चंगाहरु पनि प्रदर्शन गरिएको थियो | एउटा स्कुलको विद्यार्थीले यस किसिमको काम गर्न सक्नु भनेको अवश्य पनि सानो कुरा होइन | सरकारले पनि यस किसिमको प्रतिभालाई ठाउँ दिनुपर्ने देखिन्छ | यसले बालमनोविज्ञानको विकास समेत गर्ने देखिन्छ | अहिलेका बालबालिकाहरु प्राय इन्टरनेट, भिडियो गेम लगायत इन्डोर खेलमा पनि रमाएको देखिन्छ | यस किसिमको प्रदर्शनी र कार्यक्रमले बालबालिकाहरुलाई बाहिरी खेल वा आउटडोर गेम तर्फ पनि प्रोत्साहन गरेको छ |