मोडल अस्मि लोप्चनको कलाकारिता मोह

मोडल अस्मि लोप्चनको कलाकारिता मोह

काठमाडौं । खड्ग भञ्ज्याङ गाउँपालिका १ गोर्स्याङ नुवाकोट कि अस्मि लोप्चन सानैदेखि सालिन स्वभाव भद्र र मेहनती थिएन । टेलिभिजन रेडियो पत्र पत्र -पत्रीका पढ्न र हेर्न खुबै रुचाउने उनी घाँस दाउरा मेला पात गर्दै पलाएको संगीत क्षेत्रको मोह आजसम्म पनि कमि भएको छैन उनीमा ।पारिवारिक आय-आस्था कम्जोर भएकै कारण लोप्च्न पढाई लाई बिचैमा बिट मारेर केही कमाउ र संगीत र कला क्षेत्र लाई अगाडी लैजाउला भनेर आज भन्दा ४ बर्ष पहिले मलेसिया आएकी थिएन ।

मेलापात घाँस दाउरा गर्दा साथीहरू जम्मा हुदा विद्यालयमा आयोजना हुने संगीतक कार्यक्रम मा सरिक हुदा देखी पलाएको उनिको त्यो कलाकारिता प्रतिको मोह आज प्रबासी भुमि बाटै सुरुवात सम्म गर्नपाएकी छिन ।प्रतिभा क्षेमता र चाहाना हुनेहरु ले मोसफल या स्वदेश जहा रहेता पनि कुनैपनी क्षेत्रमा केही गर्न सक्छन् भन्ने सबैका लागि एउटा गतिलो प्रतिनिधिपात्र बनेकि छिन् एतिबेला अस्मि लोप्चन।

सानी छदादेखी नै टेलिभिजन का पर्दा मा फिल्म हेर्दा आफु पनि ठुली भएर चलचित्र तिर अभिनय गर्ने सोचाइ बनाएकी उनी एतिबेला रोजगारी को लागि मलेसिया आएकी छ्न। लोप्चन मलेसिया बाटै म्युजिक भिडियो मा अभिनय गर्न थालेसङै आफ्ना सपना हरु सङ नजिकिन थालेको उनी बताउछिन् । सुरु सुरुमा केही असहज र अफ्ठ्यारो महसुस गरेकी उनी अहिले सम्म करिबकरिब आदा दर्जनभन्दा धेरै म्युजिक भिडियो मा अभिनय गरिसकेकी छिन । एक पछि अर्को गर्दै अभिनयकला लाई निखार्दै नेपाली कलाकारिताको एउटा उचाइ सम्म पुग्ने आसा मा रहेको ऊनी बताउछिन् ।

पारिवार बाट पनि राम्रै प्रेरणा र हौसला आउने भएकाले मलेसिया बाट फर्किएर केही गित हरु आफ्नो आवज मा रेकर्डिङ गराउने समेत तयारी थालेको आफ्नो चाहाना पनि भएको उनी बताउछिन् । –धरान नेपालबाट