अब अष्ट्रेलियामा ‘इन्टु मिन्टु लण्डनमा’

अब अष्ट्रेलियामा ‘इन्टु मिन्टु लण्डनमा’

नेपालमा इनिसियल बक्सअफिस बम्पर रहेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ ले अष्ट्रेलियाबाट विदेश प्रदर्शनको आरम्भ गर्ने भएको छ । चलचित्रलाई अष्ट्रेलिया भित्र्याउने एजुकेशन एण्ड माइग्रेसन कर्नरका प्रमुख सुनिल उप्रेतीका अनुसार ‘इन्टु मिन्टु लण्डनमा’ को पहिलो प्रदर्शन ११ अक्टोबरमा एडिलेटमा हुनेछ ।

यस्तै, १२ अक्टोबरमा सिड्नीको बरउड रहेको इभेन्ट सिनेमामा हुने तय भएको छ । चलचित्रको क्रमशः मेलबर्न, तासमनिया र क्यानभरालगायतका सहरहरुमा पनि शो हुने उप्रेतीले बताए । चलचित्रको प्रदर्शनमा सहभागी हुन अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता धिरज मगर उपस्थिति हुने कार्यक्रम छ ।

रेनाशा वान्तवा राई निर्देशित चलचित्रलाई प्रज्ज्वल समशेर जबरा र प्रभु समशेर जबराले संयूक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा मिरा अर्थात् मिन्टुको भूमिकामा साम्राज्ञी, इशान अर्थात् इन्टुको भूमिकामा धिरज प्रस्तुत छन् ।

आई कोर फिल्मस्को व्यानरमा निर्मित ‘इन्टु मिन्टु लन्डनमा’ का सह-निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् । चलचित्रमा सारुक ताम्राकार, अर्जुन श्रेष्ठ, दिलभुषण पाठक, विजय लामा र रुवी राणाको पनि अभिनय छ । ठूलाेपर्दाबाट