क्यानद्वारा सन् २०२६ को क्रिकेट क्यालेन्डर सार्वजनिक

क्यानद्वारा सन् २०२६ को क्रिकेट क्यालेन्डर सार्वजनिक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ को क्रिकेट क्यालेन्डर सार्वजनिक गरेको छ। शनिबार बिहान क्यानले जारी गरेको क्यालेन्डरमा जनवरीदेखि डिसेम्बरसम्म सञ्चालन हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरूको प्रारम्भिक खेल तालिका समेटिएको छ।

सार्वजनिक क्यालेन्डरअनुसार २०२६ भरि नेपाली राष्ट्रिय टोली, उमेर समूह तथा घरेलु क्रिकेट प्रतियोगिताहरू विभिन्न समयमा आयोजना हुनेछन्। क्यानले क्यालेन्डरमार्फत वर्षभरि हुने क्रिकेट गतिविधिको रूपरेखा प्रस्तुत गर्दै खेलाडी, टिम व्यवस्थापन र सरोकारवालालाई तयारीमा सहजता हुने अपेक्षा गरेको छ।

क्यानका अनुसार आवश्यक परेमा क्यालेन्डरमा परिमार्जन हुन सक्ने भए पनि हाललाई यही तालिकालाई आधार मानेर तयारी अघि बढाइनेछ।