ए डिभिजन लिग २४ गते हुने, नयाँ खेलतालिका (हेर्नुहाेस्)

ए डिभिजन लिग २४ गते हुने, नयाँ खेलतालिका (हेर्नुहाेस्)

काठमााडाैँ, २२ असोज । केहि समयका लागि रोकिएको ए डिभिजन लिग असोज २४ गतेबाट फेरी सुरू हुने भएको छ। जसमा एन्फाले नयाँ खेल तालिका सार्वजनिक गरेको छ ।

ए डिभिजन लिगका बाँकी चरणका खेलका लागि सार्वजनिक गरेको नयाँ तालिका अनुसार २४ गतेको पहिलो खेलमा मछिन्द्र क्लब र च्यासल युथ क्लबले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै २५ गते फ्रेन्ड्स क्लब र थ्रीस्टार क्लब तथा जावलाखेल युथ क्लबले नेपाल पुलिस क्लबबिच हुनेछ । यस्तै २६ गते हिमालयन शेर्पा क्लबले सशत्र प्रहरीको एपीएफ क्लबसंग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेलमा ब्रिगेड ब्वाइज र मनाङ मर्स्याङ्दी क्लब खेल्नेछन् ।