दुई अमेरिकीलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

दुई अमेरिकीलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी, २२ असोज । अमेरिकी विश्वविद्यालयका दुईजना अनुसन्धानकर्ता सन् २०१८ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार बाट पुरस्कृत भएका छन् । उनीहरुलाई संयुक्त रूपमा अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ ।

अमेरिकाको सुप्रसिद्ध येले विश्वविद्यालयका विलियम नोर्धाउसलाई जलवायु परिवर्तनलाई दीर्घकालीन समष्टिगत अर्थशास्त्रमा एकीकरण गर्नेसम्बन्धी अध्ययनका लागि तथा न्युयोर्क विश्वविद्यालयका पल रोमरलाई प्रविधिगत नवीनतालाई समष्टिगत अर्थशास्त्रसँग जोडेर अध्ययन गरेबापत उक्त पुरस्कार दिइएको हो । अर्थशास्त्रतर्फको नोबेल पुरस्कार घोषणासँगै यस वर्षको नोबेल पुरस्कार घोषणा सकिएको छ ।