रिमा विश्वकर्मालाई यसरी दलियो कालो मोसो ! (हेर्नुहोस् भिडियो)

रिमा विश्वकर्मालाई यसरी दलियो कालो मोसो ! (हेर्नुहोस् भिडियो)

काठमाडौं । उच्च जातीको आफ्नो छोरा विवेकले तल्लो जातीको यूवती रिमा विश्वकर्मासँग प्रेम गरेको झोकमा विवेक सिंह ठकुरीको पीताले रिमालाई कालोमोसो दलिदिएका छन्। विवेकको पिता कृष्णले उनका सहयोगीहरुको सहयोगमा रिमालाई सार्वजनिक रुपमा कालो मोसो दलिदिएका हुन्।

रिमालाई कालो मोसो दलेर गालि बेइज्जति र दुर्ब्यबहार गर्दै कृष्णले आफ्नो कूलघरानामा आँखा गाडेको गम्भिर आरोप समेत लगाएका छन्। यो रियल लाइफमा नभएर सन्देशमुलक म्युजिक भिडियो बनाउन पारंगत सुरज श्रेष्ठको नयाँ म्युजिक भिडियोको कुरा हो।

पुरानो हुँदैन माया.., जुनी जुनी लाए पनि.., जिबन साथि तिमिलाई.. जस्ता सर्बाधिक चर्चित गीतहरु लेख्ने अब्बल गीतकार, रचनाकार नीलम आङ्बुहाङ् राईको अर्को उत्कृष्ठ रचना “यो जुनीमा यो भाग्यमा, मिलन हाम्रो होला कि नहोला..’ गीतको म्युजिक भिडियोकि नायिका रिमा विश्वकर्मालाई नायक बिबेक सिं ठकुरीसंगको माया(प्रेम पछि समाज र नायकको परिवारको सानो र ठुलो जातको जातिय आडम्बरलाई नेपाली समाजमा ब्याप्त जातिय विभेदको दर्पणको रुपमा संचारकर्मी तथा निर्देशक सुरज श्रेष्ठले कथालाई प्रस्तुत गरेका छन्।

भिडियोमा रिमा बिश्वकर्मा,बिबेक सिं ठकुरी लगायत कृष्ण आचार्य, सुस्मा कार्की सहित अन्यलाई देख्न सकिने छ,व्हाईट प्लस प्रोडक्सनको प्रस्तुति रहेको म्युजिक भिडियोलाई हरि हुमागाईंले खिचेका हुन् भने निर्देशक सुरज श्रेष्ठले नै सम्पादन गरेका छन्।