नयाँदिल्ली, २२ असाेज । पछिल्लाे समय भारतमा इन्धनको मूल्य लगातार वृद्धि भइरहेको छ । पेट्रोल र डिजेलको मूल्य अाज भारतीय २१ पैसा र २९ पैसाले वृद्धि भएको छ । नयाँदिल्लीमा पेट्रोलको मूल्य प्रति लिटर भारु ८२.०३ (नेरु.१३१.२५) र डिजेलको मूल्य भारु ७३.८२ (नेरु ११८.११) पुगेको छ ।
मुम्बईमा पेट्रोलको मूल्य भारु. ८७.५० र डिजेलको मूल्य भारु ७७.३७ तोकिएको छ । सेप्टेम्बर ४ मा भारतीय अर्थमन्त्री अरुण जेट्लीले पेट्रोल र डिजेलको मूल्यमा प्रति लिटर भारु २.५० ले कटौती गर्ने घोषणा गरेका थिए । उनले राज्य सरकारलाई पनि सोही नियम लागू गर्न निर्देशन दिएका थिए ।