बालेनले दुई साताभित्र मेयर पदबाट राजीनामा दिने तयारी

बालेनले दुई साताभित्र मेयर पदबाट राजीनामा दिने तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले दुई साताभित्र पदबाट राजीनामा दिने तयारी गरेका छन्। आइतबार बिहान ४ बजे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग भएको ७ बुँदे सहमतिपछि बालेनले मेयर पद छाड्ने निर्णय गरेका हुन्।

मेयरका प्रमुख स्वकीय सचिव भुपदेव शाहका अनुसार महानगरका बाँकी प्रक्रियागत काम पूरा गरेर बालेनले १५ दिनभित्र राजीनामा दिनेछन्।
“उचित समय आएपछि मेयरज्यूले राजीनामा गर्नुहुन्छ। महानगरमा केही काम बाँकी छन्, ती सबै सम्पन्न गरेर दुई साता/१५ दिनभित्रै राजीनामा दिनुहुन्छ,” उनले बताए।

आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन तोकिएको छ भने माघ ६ गते उम्मेदवारी मनोनयन दर्ताको कार्यसूची छ। रास्वपासँग भएको सहमतिअनुसार बालेन संसदीय राजनीतिमा प्रवेश गर्दै रास्वपा संसदीय दलको नेता बन्ने तथा प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि बढ्ने तयारीमा छन्।