काठमाडौं, २१ असोज । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही असोज २२ गतेका लागि बोलाइएको बैठक एक दिन अघि अाजका लागि डाकिएको छ । बैठक काङ्ग्रेस केन्द्रीय कार्यालय सानेपामा अाज दिउँसो २ बजे बस्ने भएको छ । शुरुमा असोज १९ गतेका लागि निर्धारण गरिएको बैठक पार्टीका धेरै केन्द्रीय नेताहरू काठमाडौँबाहिर रहेकाले असोज २२ गतेका लागि सारिएको थियो ।
पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार अहिले नेता उपलब्ध हुने भएपछि असोज २१ गतेका लागि अाज बैठक तोकिएको हो । बैठकमा पार्टीको विधान संशोधन मस्यौदा समितिको प्रतिवेदनमाथि छलफल, नेपाल विद्यार्थी सङ्घको विधान पारित, समसामयिक राजनीतिलगायतका विषयमा छलफल हुने बताइएको छ ।