

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)बीच पुनः भेटवार्ता सुरू भएको छ। कुपण्डोलस्थित कुमार बेनको निवासमा उनीहरूबीच छलफल भइरहेको हो।
यसअघि मंगलबार राति रवि र बालेनबीच करिब ६ घन्टा लामो वार्ता भएको थियो। सोही वार्ताको निरन्तरताका रूपमा आज पुनः भेट बसेको हो। आगामी निर्वाचनलाई केन्द्रमा राखेर सम्भावित सहकार्यका विषयमा छलफल केन्द्रित रहने बताइएको छ।
भेटवार्तामा रास्वपाका केन्द्रीय सदस्य असिम साह र मेयर बालेनका सहयोगी कुमार बेन पनि सहभागी छन्।