

काठमाडौं । उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले जाँचबुझ आयोगले बोलाउँदा देश ठप्प पार्छौं भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति आपत्ति व्यक्त गरेकी छन । हिजाे चितवनमा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्ने क्रममा नेतृ विश्वकर्माले ओलीले दिएको अभिव्यक्ति प्रति आपत्ति व्यक्त गरेकी हुन ।
उनले देश कुनै कुटी नभएको भन्दै जसले पनि खुल्न र ठप्प पार्न सक्छ भन्दै प्रश्न समेत गरेकी छन । उनले भनिन्, ‘आज मलाई उहाँहरूको राजनीतिक चेतना र समाजप्रतिको उत्तरदायित्वप्रति नै गम्भीर शंकार लागिरहेको छ ।
अझ अचम्मको कुरा त के छ भने उहाँ पुनस् नेतृत्वमा आइसकेपछि कड्किएर भनिरहनुभएको छ कि जाँचबुझ आयोगमा जान्नँ, ‘र, उहाँहरू भनिरहनुभएको छ कि हाम्रो नेतृत्वलाई प्रश्न गर्नुभयो भने हामी देश ठप्प पार्छौं । उहाँहरूले बनाउनुभएको कुटी हो र देश रु खुल्ने र ठप्प पार्नलाई ? ’वर्तमान अन्तरिम सरकारलाई एमालेले असंवैधानिक भन्दै आएको छ ।
तर, संविधानको पालना एमालेले नै नगर्ने हो भने अब उनीहरूलाई नेपाली भन्ने कि नभन्ने भन्दै प्रश्न गरिन् । ‘जसले अहिलेको अन्तरिम सरकारलाई असंवैधानिक भनिरहनुभएको छ, र संविधानको महिमाको कुरा गरिरहनुभएको छ ।
उहाँहरूले नै संविधानको पालना नगर्ने रु जसले संविधानको पालना गर्दैन हाम्रो मूल कानुनको पालना गर्दैन भने उहाँलाई चाहीँ हामीले यो देशको नागरिक मान्ने कि नमान्ने ? हामी सबैले यस विषयमा गम्भीर हुन आवश्यक छ, उनले सम्बोधनको क्रममा भनिन् ।