

काठमाडौं । सात दलीय गठबन्धनले मधेश प्रदेशको रिक्त सभामुख पदमा रामअशिष यादवलाई बनाउने सहमति गरेको छ।
बिहीबार बिहान बसेको गठबन्धनको बैठकले यादवलाई सभामुख बनाउने निर्णय गरेको जसपा नेपालका संसदीय दलका नेता सरोज यादवले जानकारी दिए।
रामअशिष यादव उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद हुन्। रिक्त सभामुख पदका लागि आजै मनोनयन दर्ता गर्ने कार्यतालिका तय भएको छ।