अमेरिकाले अवैध बसोबास गर्ने ७६ नेपालीलाई फेरि गर्‍यो डिपोर्ट

अमेरिकाले अवैध बसोबास गर्ने  ७६ नेपालीलाई फेरि गर्‍यो डिपोर्ट

काठमाडौँ । अमेरिकाले अवैध रूपमा बस्दै आएका तथा कानुनको पालना नगरेका ७६ नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। बिहीबार दिउँसो चार्टर्ड विमानमार्फत उनीहरूलाई काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फिर्ता पठाइएको छ।

डिपोर्ट हुनेमा ३ महिला र ७२ पुरुष रहेका छन्। अधिकांश अमेरिकी तल्लो बाटो (अवैध बाटो) हुँदै पुगेका हुन्, जानकारी नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी कृष्ण पंगेनीले दिए।

अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित भएयता ३० महिलासहित ४३९ नेपाली डिपोर्ट भइसकेका छन्। पछिल्लो सात वर्षमा कुल ६६६ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका छन्। यसअघि भदौ १९ गते र जेठ २५ गते पनि क्रमशः ३७–३७ नेपाली डिपोर्ट भएका थिए।

ट्रम्प प्रशासनले आप्रवासी नियन्त्रण कडा गर्ने नीति लागू गर्दै १४ लाख ४५ हजारभन्दा बढी व्यक्ति, जसमा १,३६५ नेपालीसमेत छन्, डिपोर्ट गर्ने घोषणा गरेको थियो।