

काठमाडौँ: नेकपा एमालेका नेता राजेन्द्र गौत्तमले उपमहासचिव पदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् । हाल पार्टीको प्रचार–प्रसार विभाग प्रमुखको जिम्मेवारीमा रहेका गौत्तमले केपी शर्मा ओली समूहबाट पदाधिकारीमा दाबी गरेका थिए ।
तर प्यानलमा नपरेपछि उनले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । पार्टीभित्रको समग्र परिस्थिति र नेताकार्यकर्ताको सुझावलाई ध्यानमा राख्दै उम्मेदवारी फिर्ता लिएको गौत्तमले बताएका छन् ।
‘पार्टीका नेताहरू र कार्यकर्ताको सुझाव तथा सल्लाहलाई सम्मान गर्दै केपी शर्मा ओली नेतृत्वको समूहलाई हार्दिकता र बहुमतले विजयी गराउन अपिल गर्दै मैले उम्मेदवारी फिर्ता लिएको हुँ,’ गौत्तमले भने ।
यद्यपि, गौत्तमको खुला केन्द्रीय सदस्य पदतर्फको उम्मेदवारी भने यथावत् रहेको जनाइएको छ ।