नेपाली समाज टेक्ससको निर्वाचनमा उत्साहपूर्ण सहभागिता, ६२ प्रतिशत सदस्यले प्रयोग गरे मताधिकार

नेपाली समाज टेक्ससको निर्वाचनमा उत्साहपूर्ण सहभागिता, ६२ प्रतिशत सदस्यले प्रयोग गरे मताधिकार

ड्यालस (टेक्सस) । नेपाली समाज टेक्सस (एनएसटी) को  सम्पन्न निर्वाचनमा उल्लेख्य सहभागिता देखिएको छ । कुल सदस्य संख्याको ६२ प्रतिशत अर्थात् तीन हजार आठ सय ८५ सदस्यले मतदान गर्दै मताधिकार प्रयोग गरेका छन् ।

टेक्सस राज्यमा बसोबास गर्ने नेपालीहरूको सामाजिक संस्थाका रूपमा स्थापित नेपाली समाज टेक्सस २५ वर्षअघि स्थापना भएको हो । संस्थाको नयाँ कार्यसमिति चयनका लागि शनिबार बिहान ८ बजेदेखि सुरु भएको मतदान प्रक्रिया साँझ ८ बजे सम्पन्न भएको थियो । साँझ ७ बजेसम्म मतदानका लागि लाइनमा बसेका सबै सदस्यलाई मतदान गर्न दिने व्यवस्था गरिएको थियो ।

निर्वाचन आयोगका अनुसार संस्थामा कुल ६ हजार एक सय ९० सदस्य रहेका छन् । तीमध्ये आजको निर्वाचनमा तीन हजार आठ सय ८५ जनाले सक्रिय रूपमा सहभागिता जनाउँदै मतदान गरेका हुन् ।

Photo: Nepalese Society of Texas NST