एनपीएल : इलिमिनेटरमा लुम्बिनीविरुद्ध काठमाण्डु १११ रनमा अलआउट

एनपीएल : इलिमिनेटरमा लुम्बिनीविरुद्ध काठमाण्डु १११ रनमा अलआउट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को इलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजले लुम्बिनी लायन्सलाई ११२ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको काठमाडौँ १९ ओभर एक बलमा १११ रनमा समेटियो ।

काठमाडौँका लागि सन्तोष यादवले सर्वाधिक २३ रन जोड्दै टोलीलाई उकास्ने प्रयास गरे । जोन सिम्पसन र मोहम्मद आदिल आलमले समान १८–१८ रन बनाए । अन्य ब्याटरहरूले ठूलो साझेदारी बनाउन नसकेपछि काठमाडौँ दबाबमा पर्‍यो । वेन चार्ल्सवर्थ ४, आकाश त्रिपाठी १, सन्नी पटेल ७, मिलिन्द कुमार २, भीम सार्की १४, करण केसी ९ तथा रसिद खान २ रनमा आउट भए । शाहव आलम ४ रनमा अविजित रहे ।

लुम्बिनी लायन्सका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । कप्तान रोहित पौडेल र शेर मल्लले ३–३ विकेट हात पारे भने रुवेन ट्रम्पलम्यानले २ र अभिषेश गौतमले १ विकेट लिए ।

अब लुम्बिनीले फाइनल प्रवेशको सम्भावना जिउँदै राख्न ११२ रनको लक्ष्य पछ्याउनुपर्नेछ । खेल रोमाञ्चक मोडमा प्रवेश गरिसकेको छ ।