रोकियो बाग्मतीमा दुई पांग्रे सवारीकाे दर्ता

रोकियो बाग्मतीमा दुई पांग्रे सवारीकाे दर्ता

काठमाडाैँ, १८ असाेज । दशैंको मुखमा बाग्मतीमा नयाँ मोटरसाइलको दर्ता रोकिएको छ । सरकारको लापरवाहीका कारण अब बाग्मती अञ्चलमा दुई पांग्रे सवारी दर्ता नहुने भएकाे हाे । साविकको बाग्मती अञ्चलमा ९९ लटसम्म मोटरसाइकल दर्ता भइसकेको छ । अब १०० को लटमा प्रवेश गर्न कानुनी अड्चन अाइपरेको छ । 

यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्ण उपाध्यायकाअनुसार यातायात व्यवस्था नियमावलीमा २ डिजिटसम्म मात्रै लट नम्बर राखेर मोटरसाइकल दर्ता गर्न पाइने व्यवस्था कानुनमा छ । यही व्यवस्थाका कारण ९९ लटको सबै नम्बर सकिएपछि २ दिनदेखि नयाँ दर्ता रोकिएको हो ।