कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्दै

काठमाडाैँ १८ असाेज । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने भएको छ । कांग्रेसले पार्टीको संशोधित विधान र समसामयिक विषयमा छलफल गर्नका लागि यही असोज १९ गते शुक्रबार दिँउसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक आह्वान गरेको हो ।

काङग्रेसले विधान संशोधनका लागि प्रदेशबाट आएका सुझाव र पछिल्लो समयमा मुलुकमा देखिएको राजनीतिक घटनाक्रमका बारेमा छलफलका लागि बैठक बोलाएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।