

काठमाडौं । नेकपा एमालेमा नेतृत्व प्रतिस्पर्धा चर्किँदै जाँदा ईश्वर पोखरेल समूहले आज (सोमबार) पत्रकार सम्मेलन गर्ने भएको छ। आगामी महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल समूहबीच प्रतिस्पर्धा हुने निश्चितजस्तै बनेपछि पोखरेल समूहले पत्रकारमार्फत आफ्नो धारणा सार्वजनिक गर्न लागेको पोखरेल समूहका एक नेताले जानकारी दिएका छन्।
बागबजारस्थित हार्दिक होटलमा आयोजना गरिएको ‘पत्रकारहरूसँग भेटघाट’ कार्यक्रममा उपाध्यक्ष सुरेन्द्र पाण्डे, नेता योगेश भट्टराईलगायतका नेताहरू सहभागी हुने बताइएको छ।
यसअघि प्रेस चौतारीले आयोजना गरेको कार्यक्रममा ओली निकट पदाधिकारीहरूलाई बोलाएर ओलीको पक्षमा खुला समर्थन व्यक्त गरिएको थियो।
ईश्वर पोखरेललाई पूर्व उपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समूहले समेत समर्थन गरिरहेको बताइन्छ, जसले महाधिवेशनमा हुने नेतृत्व प्रतिस्पर्धालाई अझ रोचक बनाएको छ।