फिफा विश्वकप-२०२६ को समूह ड्र सार्वजनिक: फ्रान्स–नर्वे ‘ग्रुप अफ डेथ’, अर्जेन्टिना समूह जेमा

फिफा विश्वकप-२०२६ को समूह ड्र सार्वजनिक: फ्रान्स–नर्वे ‘ग्रुप अफ डेथ’, अर्जेन्टिना समूह जेमा

अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजना रहने फिफा विश्वकप–२०२६ काे समूह चरणको ड्र वासिङ्गटन डीसीमा सार्वजनिक गरिएको छ। पहिलोपटक ४८ टोली सहभागी हुने विश्वकपका लागि १२ समूह गठन गरिएको छ।

विशेष ध्यान तान्ने समूह ‘आई’ लाई ‘ग्रुप अफ डेथ’ काे रूपमा हेरिएको छ, जहाँ पूर्व–च्याम्पियन फ्रान्ससँगै नर्वे र सेनेगल (प्लेअफ २ को विजेता) परेका छन्।

गत संस्करणको विजेता अर्जेन्टिना समूह ‘जे’ मा अल्जेरिया, अस्ट्रिया र जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ। ब्राजिल समूह ‘सी’ मा मोरक्को, स्कटल्यान्ड र हाइटीसँग भिड्नेछ। आयोजक राष्ट्र अमेरिकाको समूह ‘डी’ मा अस्ट्रेलिया, पाराग्वे र प्लेअफ–सी विजेता सामेल छन्।

विश्वकप २०२६ का सम्पूर्ण समूह

समूह ए:
मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया, (प्लेअफ डी विजेता)

समूह बी:
क्यानडा (प्लेअफ ए विजेता), कतार, स्विट्जरल्यान्ड

समूह सी:
ब्राजिल, मोरक्को, हाइटी, स्कटल्यान्ड

समूह डी:
अमेरिका, पाराग्वे, अस्ट्रेलिया (प्लेअफ सी विजेता)

समूह ई:
जर्मनी, कुराकाओ, आइभरी कोस्ट, इक्वेडर

समूह एफ:
नेदरल्यान्ड्स, जापान (प्लेअफ बी विजेता), ट्युनिसिया

समूह जी:
बेल्जियम, इजिप्ट, इरान, न्युजिल्यान्ड

समूह एच:
स्पेन, केप भर्डे, साउदी अरेबिया, उरुग्वे

समूह आई:
फ्रान्स, सेनेगल (प्लेअफ २ विजेता), नर्वे

समूह जे:
अर्जेन्टिना, अल्जेरिया, अस्ट्रिया, जोर्डन

समूह के:
पोर्चुगल (प्लेअफ १ विजेता), कोलम्बिया, उज्बेकिस्तान

समूह एल:
इङ्गल्यान्ड, क्रोएसिया, घाना, पानामा

विश्वकप–२०२६ आगामी जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, क्यानडा र मेक्सिकोमा हुनेछ।