

काठमाडौं, १८ असाेज । नेपाली कांग्रेसको प्रस्तावित विधानको मस्यौदा तयार भएको छ। विधान मस्यौदा समितिले मस्यौदालाई अन्तिम रुप दिएसँगै अध्ययनका लागि केन्द्रीय सदस्यहरुलाई वितरण गरिएको छ। विधान निर्माणका क्रममा आएका फरक मतलाई वैकल्पिक सुझावका रुपमा मस्यौदामा समावेस गरिएको छ। मस्यौदा ९७ पृष्ठ लामो छ।